Skip to content
सम्पदाकोश

प्रयोगात्मक सिकाइमा उत्कृष्ट युनिग्लोब प्रिमिएर

Raj Bahadur Kunwar
Raj Bahadur Kunwar Contributor

युनिग्लोब कलेज काठमाडौंको नयाँ बानेश्वरमा रहेको एक चर्चित संस्थागत शैक्षिक संस्था हो । शिक्षाप्रेमी व्यक्तित्वहरूको समूहद्वारा सन् २००९ मा स्थापना गरिएको यस कलेजले स्नातक र स्नातकोत्तर तह अध्ययन गराउदै आएको छ । स्नातकतर्फ बीबीए, बीबीए (फाइनान्स) र बीसीएसआइटी (आइटी सम्बन्धी) तथा स्नाकोत्तरतर्फ एमबीए र एमबीए (फाइनान्स) सम्बन्धी कार्यक्रम रहेका छन् । यी कार्यक्रमहरू पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यो कलेज ७ रोपनी ९ आना क्षेत्रफलमा ब्लक ए देखि इ सम्म ५ वटा भवनमा सञ्चालित छ । शान्त वातावरण, विद्यार्थीमैत्री कक्षाकोठा, फराकिलो खेल मैदान, चमेनागृह र यातायात सहितको व्यवस्था रहेको यस कलेजले हालसम्म ३ हजार १५० भन्दा बढी स्नातक उत्पादन गरेको दाबी गरेको छ । कलेजमा ४५ जना शिक्षक (२८ पूर्णकालीन र १७ अंशकालीन) तथा ३० जना गैर–शिक्षक कर्मचारी कार्यरत रहेको बताइएको छ ।
पछिल्लो समय यो शैक्षिक संस्थाले युनिग्लोब प्रिमिएरको नाममा +२ तह तथा विद्यालय शिक्षा पनि थप गरेको छ । विद्यालय तह अध्ययनको लागि नयाँ बानेश्वरमा छुट्टै ब्लकको व्यवस्था गरेको छ । +२ तहमा विज्ञान र व्यवस्थापन कार्यक्रमहरू रहेका छन् । यस संस्थाले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कलेजले प्रयोगात्मक सिकाइमा जोड दिने गरेको छ । यहाँ फाइनान्स ल्याब, कम्युनिकेशन ल्याब जस्ता सुविधाकासाथै सेमिनार, कन्फ्रेन्स, प्रिजेन्टेशन तथा
इसीए गतिविधिका साथै स्करलरशीपको व्यवस्था रहेको बताइएको छ । विद्यार्थीको प्रतिक्रियाअनुसार यहाँ पढाइ र असाइन्मेन्ट कडाइकासाथ हुने गरेको पाइन्छ । त्यस्तै, इसीए र एक्सपोजर पनि राम्रो भएको विद्यार्थीले बताएका छन् ।

Share Story:

Leave a Reply

Your email address will not be published. Required fields are marked *