ट्रिनिटी इन्टरनेशनल एसएस/कलेज काठमाडौँको चर्चित संस्थागत शैक्षिक संस्थामध्ये एक हो । यो विशेषगरी +२, क्याम्ब्रिज ए लेवल तथा स्नातक तहका कार्यक्रमका लागि परिचित छ । यो कलेज डिल्लीबजार हाइट, काठमाडौँमा अवस्थित छ ।
सन् २००८ मा स्थापना भएको यो शैक्षिक संस्था “भविष्यको लागि शिक्षा” भन्ने नारासहित सञ्चालन हुँदै आएको छ । यस संस्थामा +२ तहमा विज्ञान, व्यवस्थापन र मानविकी तथा स्नातक तहमा बीएससी सिएसआईटी, बीसीए, बीबीएम, बीबीएस र बीए/बीएएसडब्यु कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्नातक कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छन् ।
यस कलेजका विशेषताहरूमा आधुनिक कक्षा कोठा र प्रयोगशाला, पुस्तकालय, आइसिटी सुविधा, अतिरिक्त क्रियाकलाप (स्पोर्टस्, क्लबस्, सेमिनार्स) काउन्सेलिङ र करियर गाइडेन्स, होस्टेल, क्यान्टिन र यातायात सुविधा रहेका छन् ।
ट्रिनिटीको शैक्षिक प्रतिष्ठा उच्च रहेको छ । यो कलेज विशेषगरी विज्ञान र ए लेवलका लागि काठमाडौँका लोकप्रिय +२ कलेजमा पर्दछ । धेरै विद्यार्थीहरू इन्जिनियरिङ, चिकित्सा, आइटी तथा विदेश अध्ययनतर्फ जाने तयारीका लागि यसलाई रोज्ने गर्छन् ।
(भवनको फोटो)
नतिजा (२०८१)
९८%
कुल विद्यार्थी सङ्ख्या (२०८२)
२०००
काठमाडौं उपत्यकाको केन्द्र डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेशनल स्कुल विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो । उपत्यकाभित्र सञ्चालित शिक्षणसंस्थामध्ये आफूलाई अग्रस्थानमा प्रस्तुत गर्न सफल यस विद्यालयले स्थापनाकालदेखि नै आफ्नो अलग परिचय स्थापित गर्न सफल भएको छ ।
ट्रिनिटी इन्टरनेशनल माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान सङ्कायतर्फ १ हजार ४०० र व्यवस्थापन सङ्कायतर्फ ६ सय जना गरेर एकपटकमा २ हजार जना विद्यार्थीको भर्ना लिने गरेको छ ।
“भविष्यका लागि शिक्षा” भन्ने उद्देश्यकासाथ अघि बढेको यस विद्यालयमा प्लस २ र ए लेवल तह अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी तर्फका विषय अध्यापन हुदै आएको छ ।
ट्रिनिटीले स्नातक तहमा बीएससी सिएसआईटी, बीबीएस, बीसीएका विभिन्न विषय पनि अध्यापन गराउँदै आएको छ । नवीन शैक्षिक आयामहरूको उच्चतम प्रयोग गर्दै आएको यस कलेजले क्लास टेष्ट, मासिक, टर्मिनल तथा प्रि– बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको छ ।
यस विद्यालयका विद्यार्थीले अन्तरविद्यालय चेस प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीले विश्वविद्यालयद्वारा लिइने चिकित्सा शिक्षा र इञ्जिनियरिङ तर्फका प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् । पाठ्यक्रमको ज्ञानकासाथै यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ ।
गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रित प्रशासनिक व्यवस्था, सुविधायुक्त भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी अभिभावकसँग नियमित सम्पर्क र नेतृत्व विकासको प्रशस्त अवसरका कारण विद्यार्थी र अभिभावकले रोज्ने गरेका छन् ।