Skip to content
गाउँकोश

ग्लोबल कलेज अफ म्यानेजमेन्ट

admin
admin Contributor


नतिजा (२०८१) ९८%
कुल विद्यार्थी सङ्ख्या (२०८२) १८४८
काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान तर्फका विषय अध्यापन हुँदै आएको छ । ग्लोबल कलेज काठमाडौं उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षण संस्था हो । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८१ सालको कक्षा १२ को परीक्षामा ९८ प्रतिशत, २०८० सालको परीक्षामा ९८ प्रतिशत र २०७९ सालको नतिजामा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए । यस विद्यालयमा ५० जना शिक्षक तथा ४५ जना कर्मचारी कार्यरत छन् ।
विद्यालयमा कक्षा ११ र १२ मा गरी २०८२ सालमा १ हजार ८ सय ४८ जना, २०८१ सालमा १ हजार ७ सय ७७ जना र २०८० सालमा १ हजार ८ सय १८ जना विद्यार्थीले अध्ययन गरेका थिए । विद्यालयले विद्यार्थीलाई सहजीकरणको लागि प्रविधिमैत्री कक्षाकोठा, चमेना गृह, पुस्तकालय, यातायात र आवासको प्रवन्ध समेत गरेको छ ।
देशकै उत्कृष्ट शिक्षण संस्थाको रुपमा आफूलाई अब्बल सावित गरिसकेको यस कलेजले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विगत ३ वर्षदेखि शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ । सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल कलेजमा अत्याधुनिक विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशालाका साथै प्रविधिमैत्री कक्षाकोठा, चमेना गृह र यातायात सहितको प्रबन्ध गरिएको छ ।
ग्लोबलले विभिन्न प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । यस कलेजले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन रोड रेस जस्ता खेलकुद सम्बन्धी प्रतियोगिता र प्रशिक्षण समेत दिँदै आएको छ । राष्ट्रिय स्तरको वाइड डिबेट च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । त्यस्तै उत्कृष्ट म्यानेजमेन्ट स्कुल कलेज विधामा विभिन्न सङ्घसंस्थाले ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन् । यस कलेजल व्यवस्थापन तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड प्राप्त गरेको थियो ।
व्यवस्थापन र विज्ञान सङ्कायलाई छुट्टाछुट्टै भवन, छुट्टै व्यवस्थापनका साथमा कर्मचारी संयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने उत्कृष्ट कलेजको रूपमाा ग्लोबल कलेज परिचित छ ।

Share Story:

Leave a Reply

Your email address will not be published. Required fields are marked *